म एमालेको कार्यकर्ता नै हुँ, गुट चलाउन आउँदैन :विद्यादेवी भण्डारी

विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई गुट चलाउन नआउने बताएकी छन् । विराटनगरमा पत्रकारसँग बोल्दै भण्डारीले आफूले कुनै गुट नचलाएको बताइन् ।

उनले पत्रकारले राखेको जिज्ञासामा भनिन्, ‘म एमाले हो एमालेको हितमा लाग्छु ।’ उनले आफू एमालेबाटै राष्ट्रपति भएकाले पदबाट फिर्ता भएपछि एमाले नै भएको दाबी गरिन् ।

उनले भनिन्, ‘राष्ट्रपतिबाट फर्किएपछि आफूले एमालेको सङगठित सदस्यको नवीकरण गरेको दाबी गरिन् ।’ भण्डारीले आफू एमालेकै कार्यकर्ता भएको भन्दै सदस्यताबारे धेरै छलफल गर्न आवश्यक नरहेको बताएकी छन् ।

 

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित शिर्षकहरु

SHARE:

ताजा अपडेट