काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका छन् । दुई साताअघि मात्रै डिल्लीबजार कारागारबाट छुटेका प्रसाईंले सोमबार पत्रकार सम्मेलन गर्दै राजनीतिक दल खोल्ने घोषणा गरेका हुन् ।
उनले केही समयमै दलको नाम घोषणा गर्ने बताएका छन् । ‘म लगायत हाम्रो अभियान र अभियानका साथीहरूले राजनीतिक दल खोली दलमा संलग्न हुने अठोट गरेका छौं । त्यसकारण मैले राजनीतिक शक्ति निर्माणका दल गठन गर्ने निश्चय गरेको छु,’ प्रसाईंले भने ।


