कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक

सृजन खबर
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा असोज २६ गते आइतबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको हो ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि काँगेसको केन्द्रीय समितिको बैठक पहिलो पटक बस्न लागेको हो ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित शिर्षकहरु

SHARE:

ताजा अपडेट