विधानमा सुझाव दिन एमाले कोशीमा १० सदस्यीय कार्यदल

काठमाडौँ । विधान महाधिवेशन समेट्नुपर्ने सुझाव सङ्कलन गर्न नेकपा एमाले कोशी प्रदेशले सचिव राजकुमार भण्डारीको सयोजकत्वमा दश सदस्यीय कार्यदल गठन गरेको छ ।

धनकुटाको हिलेमा बसेको प्रदेश कमिटीको बैठकले विधानका विषयमा मातहतका कमिटीबाट सुझाव सङ्कलन गरेर केन्द्रमा पठाउन कार्यदल बनाएको अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए ।

खतिवडाका अनुसार कार्यदलमा अनन्त साँवा (ताप्लेजुङ),प्रेम गीरी (झापा),इन्द्रमणी पराजुली (धनकुटा)खड्ग राई (संखुवासभा),इश्वरमणी राउत (उदयपुर),सत्यनारायण चौधरी (मोरङ) रहनु भएको छ । यसैगरी सृजना राई (भोजपुर), राजन ढकाल (खोटाङ) र सोम पोर्तेल (झापा) रहेका छन् ।

अध्यक्ष खतिवडाले भदौ ३ गते देखि प्रदेशका १४ वटै जिल्लामा जिल्ला कमिटी बैठकहरू बोलाइएको बताए ।

एकसातामा भित्र आयोजना हुने बैठकमा विधान संशोधनका विषयमा व्यापक बहस हुने,त्यहाँ प्राप्त सुझावलाई प्रदेश कमिटीले केन्द्रीय कार्यालयमा पठाउने तयारी छ । जिल्लाका बैठकहरूमा साउन ६ गते सकिएको केन्द्रीय कमिटीको बैठकका निर्णय र त्यसपछि जारी भएको अन्तरपार्टी निर्देशन १२ सँग नबाझिने गरी छलफल हुने नेताहरूको भनाइ छ ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित शिर्षकहरु

SHARE:

ताजा अपडेट